१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अस्ट्रेलिया ओपन टेनिसः महिला तर्फ अस्लेइग बार्टी र पुरुषतर्फ राफायल नडाल क्वाटरफाइनलमा


0
Shares

एजेन्सी । विश्व नम्बर एक टेनिस खेलाडी अस्लेइग बार्टी अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेकी छन् । मेलबर्नमा सोमबार भएको खेलमा अमेरिकी खेलाडी सेल्बी रोजर्सलाई हराउँदै बार्टीले क्वाटरफाइनलमा स्थान पक्का गरेकी हुन् ।

अर्को चरणमा पुग्ने क्रममा बार्टीले रोजर्समाथि ६–३ र ६–४ को सेटमा जित निकालिन् । अब बार्टीले क्वाटरफाइनलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीसँग प्रतिस्पर्धा गर्नेछन् । पाँचौं वरियताकी एलिना सिटोलिना भने प्रतिष्पर्धाबाट बाहिरिएकी छन् । उनलाई अमेरिकी खेलाडी जेसिकाले ६–३, ३–६ र ६–३ को सेटमा पराजित गरिन् ।

उता, स्पेनिस खेलाडी राफायल नडाल अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। खेलमा उनले इटालीका फाबियो फगनिनीलाई ६–३, ६–४ र ६–२ को सोझो सेटमा पराजित गदै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।

राफायल नडाल

नडालले सन् २००९ यता अस्ट्रेलियन ओपन जित्न सकेका छैनन् । यो नतिजासँगै उनी फाइनलमा पहिलो वरियतामा रहेका सर्बियाली खेलाडी नोभाक जोकोभिचसँग खेल्ने सम्भावना बढ्को छ ।