
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले नारायणहिटी दरबारको ढोका र राजा महेन्द्रको शालिक अगाडि कार्यक्रम गरेर के सन्देश दिन खोजेको भन्दै प्रश्न गर्नुभएको छ ।
‘के महाराजा बन्न लालायित भएको ? राजाहरुले झैं म जे भन्छु त्यही कानुन हो भन्न खोजेको ?’ आक्रोसित मुद्रामा डा. कोइरालाले भन्नुभयो ।
राष्ट्रपतिले आफ्नो मर्यादा र गरिमा बिर्सेर नेकपा भित्र एउटा गुटको भूमिका निर्वाह गरेकाले मुलुक बवार्दीतर्फ लागेको डा. कोइरालाले बताउनुभयो । उहाँले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि अतिक्रमण गरेकाले कांग्रेस बाध्य भएर सडकमा आउनुपरेको स्पस्ट पार्नुभयो ।
सरकारको असंवैधानिक कदम विरुद्ध नेपाली कांग्रेस सुनसरीले धरानमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता कोइरालाले आफूहरुले संवैधानिक इजलासमा बस्ने न्यायधीश हरूलाई दबाब अथवा आग्रह नगरेको बताउनुभयो ।
‘संवैधानिक इजलासमा बसेर संविधानको व्याख्या गर्ने न्यायमुर्तिहरूले आफ्नो विवेक नगुमा निर्णय गर्नुहुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं’ उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्