
काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाइ पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा जिल्लाको कोहल्बी नगरपालिका–८ का ३९ वर्षीय दलबहादुर लामा रहेका छन् ।
लामाले गत आइतबार एक ७६ वर्षीया वृद्धालाई मकैबारीमा बोलाइ जबरजस्ती करणी गरेको उजुरी आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।
लामालाई ५ दिनको म्याद अनुमति लिइ हिरासतमा राखेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्