
Picture:Web
काठमाडौं । नेपाल र श्रीलंकामा बीजेपी सरकार स्थापना गर्नुपर्छ भन्ने भारतीय गृहमन्त्री अमित शाहको अभिव्यक्तिको विषयमा भारतभित्रै विरोध भएको छ ।
प्रमुख प्रतिपक्षी दल कंग्रेससहितका अन्य दलले औपचारिक रूपमै विरोध जनाएका छन् । त्रिपुराका मुख्यमन्त्री विप्लव देवले सन् २०१८ मा तत्कालिन बीजेपी अध्यक्ष शाहको भनाइ उद्धृत गर्दै नेपाल र श्रीलंकामा बीजेपीको संगठनसहित ती देशमा पनि सरकार विस्तार गर्नुपर्छ भन्नुभएको थियो ।
कांग्रेसले ट्वीटर ह्यान्डलमार्फत शाहको अभिव्यक्तिको विरोध गर्दै छिमेकी मुलुकसँग सम्बन्ध बिगार्न खोजेको आरोप लगाएको छ । ‘तपाइँ (बीजेपी) केवल मुर्ख बन्न सक्नुहुन्छ । यस्तै अभिव्यक्तिको कारण आज छिमेकी मुलुकसँग भारतको सम्बन्ध बिग्रिएको’ कांग्रेसले भनेको छ ।
प्रतिक्रिया दिनुहोस्