
काठमाडौ । जिल्ला प्रहरी कार्यालय बाराले जबर्जस्ती करणी गरेको अभियोगमा एक जनालाइ पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारा जिल्लाको कोहल्बी नगरपालिका ८ बस्ने बर्ष ३९ का दलबहादुर लामा रहेका छन् ।
लामाले गत आइतबार एक ७६ बर्षिया वृद्धा महिलालाई मकै बारीमा बोलाइ जबर्जस्ती करणी गरेको उजुरी आएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिनु भयो ।
लामालाई ५ दिनको म्याद अनुमती लिइ हिरासतमा राखेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्