
एजेन्सी । भारतको मध्यप्रदेशमा ५४ यात्रु बोकेको बस दुर्घटना हुँदा ४२ जनाको शव भेटिएको छ । बस सिधी भन्ने ठाउँको बाणसागर नदीमा खसेको हो ।
मृतकमध्ये १२ जना विद्यार्थी थिए । उनीहरु सबै रेल्वेको परीक्षा दिन सतना जाँदै थिए । बसका यात्रुमध्ये ६ जनाको जीवितै उद्दार गरिएको छ । बसका चालक पौडिएर बाच्न सफल भएका छन् । उनलाई हिरासतमा राखिएको छ ।
स्थानीय अधिकारीहरुका अनुसार मृतकको संख्या ४५ भन्दा बढी हुनसक्ने अनुमान गरिएको छ । बसमा सवार ६ जना अझै बेपत्ता छन् । उनीहरुलाई नदीको बगाएको हुनसक्ने प्रहरीको अनुमान छ ।
सिधीबाट सतना गइरहेको बस बिहान ७ः३० बजे नदीमा खसेको स्थानीयलाई उद्धृत गर्दै भारतीय मिडियाले उल्लेख गरेका छन् । नदीको गहिराइ २२ फिटसम्मको भएको समाचारमा उल्लेख गरिएको छ ।
गोताखोर मद्दतले बेपत्ताहरुको खोजी कार्य जारी राखिएको छ । बेपत्ताहरुलाई नदीले बगाएको हुनसक्ने अनुमानका आधारमा तल्लो तटीय क्षेत्रमा पनि खोजी थालिएको छ ।
प्रतिक्रिया दिनुहोस्