१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सपनालाई नांंगो तस्बिर देखाइदिने धम्की दिने बस्नेत पक्राउ


0
Shares

काठमाडौं । बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरलाई धम्की दिने पक्राउ परेका छन् । बेवारिसे शव जलाउँदै आएका विनयजंग बस्नेत पक्राउ परेका हुन् ।

सपनाले महानगरीय प्रहरी परिसर, काठमाडौंमा उजुरी दिएपछि बस्नेतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आफ्नो नांंगो तस्बिर देखाइदिने धम्की दिएको भन्दै सपनाले आइतबार बस्नेतविरुद्ध उजुरी दिनु भएको थियो ।

सपनाले बस्नेतलाई बुबा मानेको विभिन्न अन्तर्वातामा भन्नु भएको छ ।

सपनाका सहयोगी अनुप लिम्बूका अनुसार काठमाडौंको बसपार्कबाट बुटवलतिर जाँदै गरेको अवस्थामा बस्नेतलाई सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् ।