१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इरान र रसियाद्वारा हिन्द महासागरमा सैन्य अभ्यास सुरु


0
Shares

काठमाडौं । इरानी सेनाले रसियासँग हिन्द महासागरको उत्तरी भागमा नौसैनिक अभ्यास थालेको छ । उक्त सैन्य अभ्यासमा भारतीय सेना पनि सहभागी भएका छन् भने चीनले पनि भाग लिने अपेक्षा गरिएको छ ।

इरानी सेना र इस्लामिक क्रान्तिकारी गार्ड कोप्र्स (आईआजीसी)ले संयुक्त रुपमा सो सैन्य अभ्यासमा भाग लिएको बताइएको छ । इरानी नौसेनाका कमाण्डर होसेन खानजादीले चिनियाँ सेना पनि सैन्य अभ्यासमा सहभागी हुने दावी गर्नुभयो ।

सन् २०१९ मा पनि इरान, रसिया र चीनले संयुक्त रुपमा सैन्य अभ्यास गरेका थिए । नौसैनिकहरुको सामुहिक सुरक्षाको सुनिश्चि गर्न सैन्य अभ्यास फलदायी हुने इरानको दावी छ ।

बढ्दो सामुद्रिक आतंकवादी गतिविधि नियन्त्रणमा लागि सैन्य अभ्यास र शक्ति आवश्यक रहेको सहभागी राष्ट्रहरुले जनाएका छन् । यस्तै सूचना प्रविधि र सुरक्षा रणनीति आदानप्रदान गर्न पनि सैन्य अभ्यास आवश्यक रहेको बताइएको छ ।

एजेन्सी