
काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि र बैतडी घटनाविरुद्ध नेविसंघले आज देशभर प्रदर्शन गर्दैछ । बिहान ९ बजे देशभरका क्याम्पसअगडि विरोध प्रदर्शन गर्ने नेविसंघले जनाएको छ ।
ओली सरकारको ज्यादती, सरकारी गुण्डागर्दी, कम्यूनिष्ट सर्वसत्तावाद, कांग्रेसको सभामा भएको आक्रमण, जनताको चुल्लो निभ्ने गरी हप्तामा २ पटक र महिनामा ३ पटक गरिएको मूल्य वृद्धी, भागरथी भट्टको बलात्कार र हत्या विरुद्ध जन आवाज वुलन्द गर्न देशभर क्याम्पस अगाडि प्रदर्शन गर्न लागेको संघका महामन्त्री बल्देव तिमल्सिनाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेविसंघ पनि त्यसको विरुद्ध आन्दोलनमा छ ।
प्रतिक्रिया दिनुहोस्