
काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा शिर्ष स्थानको सशष्त्र प्रहरीको नेपाल एपिएफ क्लबले आज विराटनगर महानगरपालिकासँग खेल्नेछ ।
एन्फा मैदान सातदोवाटोमा दिउँसो ३ बजे हुने यो खेलले लिग विजेताको टुंगो लगाउन सक्नेछ ।
यो खेलमा एपिएफले जित वा बराबरी गरेको अवस्थामा शुक्रबार हुने आर्मी विरुद्धको खेलअघि नैं एपिएफ लिग च्याम्पियन बन्नेछ ।
आज एपिएफ हारेको अवस्थामा भने लिगको छिनोफानो अन्तिम दिनको खेलले गर्नेछ । आजै हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबसँग खेल्नेछ ।
लिग जित्ने गणितिय संभावना मात्रै जिवित राख्न पनि आर्मी क्लबले आजको खेल जित्नैपर्नेछ ।
जारी लिगमा हिजो रौतहटको चन्द्रपुर नगरपालिकाले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २–१ ले हरायो ।
अहिलेसम्मका सबे ११ खेल हारेको चौदण्डीगढी अंकबिहिन अवस्थामा लिग तालिकाको पुछारमा रहेको छ ।
शिर्ष स्थानको एपिएफको १० खेलबाट ३० अंक छ । समान खेलबाट २५ अंक जोडेको आर्मी क्लब दोस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्