१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


‘भागरथीलाई न्याय दे’ भन्दै नारा लगाउँथे भागरथीको बलात्कार र हत्याका दोषी


0
Shares

काठमाडौ । बैतडीको दोगडाकेदार गाउँपालिका की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएपछि बैतडीमा प्रदर्शन भएका थिए ।

प्रदर्शनमा भागरथीलाई न्याय दे भन्दै नारा लगाउने उनका छिमेकी नै बलात्कार र हत्यामा संलग्न भएको पुष्टि भएको छ ।

‘भागरथीको न्यायका निम्ति हुने हरेक प्रदर्शनमा उनी सहभागी थिए’, एक प्रहरी अधिकारीले भने, ‘उनीमाथि हाम्रो निगरानी थियो । उनी प्रहरी देख्नासाथ डराएका जस्ता देखिन्थे ।’

मंगलबार उनकै घरबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उनले बलात्कारपछि हत्या गरेको स्विकारेका छन् ।

पक्राउ पर्ने दिनेश भट्ट भागरथी पढ्ने विद्यालयमै कक्षा ११ मा अध्ययनरत रहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका व्यक्तिलाई आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने सुदूरपश्चिम प्रदेश प्रमुख डीआईजी उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

भागरथीको गएको २१ गते हत्या भएको थियो । हत्या भएको भोलिपल्ट शव भेटिएको थियो । उनको बलात्कार पछि हत्या भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरेको थियो ।

भागरथीका परिवारले दोषीलाई कारबाही नभएसम्म शब नबुझ्ने अडान राखे पछि शव जिल्ला अस्पताल बैतडीमै राखिएको छ ।