१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


भागरथी र सम्झनाको परिवारलाई सुदूरपश्चिम सरकारले पाँच–पाँच लाख रुपैयाँ दिने


0
Shares

कैलाली । बैतडीमा बलात्कारपछि हत्या भएकी किशोरी भागरथी भट्ट र बझाङकी सम्झना काकीको परिवारलाई सुदूरपश्चिम सरकारले पाँच–पाँच लाख रुपैयाँ दिने भएको छ ।

बुधबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले पीडित परिवारलाई सहयोगस्वरूप पाँच–पाँच लाख रुपैयाँ दिने निर्णय गरेको प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीका स्वकीय सचिव सुधिर भट्टले जानकारी दिनुभयो ।

भागरथीको विद्यालयबाट घर फर्किने क्रममा माघ २१ गते बलात्कार पछि हत्या भएको थियो । बझाङकी सम्झनाको भने असोजमा बलात्कार पछि हत्या भएको थियो ।