
काठमाडौं । विवेकशील साझा पार्टीले प्रतिनिधिसभा विघटन विरुद्ध हरेक दिन एकोहोरो शंख फुकेर प्रदर्शन गर्दै आएको छ ।
फागुन २ गतेबाट सुरु गरेको प्रदर्शन हरेक दिन दिउँसो ४ बजे रत्नपार्कस्थित शान्ति बाटिकामा हुने पार्टीका संयोजक मिलन पाण्डेले जानकारी दिनुभयो ।
‘असंवैधानिक कदम विरुद्ध सशक्त अभियान, अधिनायकवाद विरुद्ध एकोहोरो शंख फुकेर प्रदर्शन’ दिएको प्रदर्शन बुधबार पनि जारी रहने छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि पार्टीले विभिन्न विरोधका कार्यक्रमहरु गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्