१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्न सकेन, भदौ ७ बाट महाधिवेशन गर्ने छलफल


0
Shares

रोमन आचार्य
काठमाडौं । दिउँसो १ बजेका लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अझैसम्म बस्न सकेको छैन ।

पार्टी कार्यालय सानेपामा आ–आफ्नो पक्षको छलफलपछि पदाधिकारी, पूर्वपदाधिकारी तथा शीर्ष नेताहरु छलफलका लागि जुटेको छन् ।

शीर्ष नेताहरुबीचको छलफलपछि पार्टीको महाधिवेशनको विषयमा टुङ्गो लाग्ने छ । छलफलमा सहभागी एक नेताका अनुसार पार्टीको महाधिवेशन भदौ ७, ८, ९ र १० गते सम्पन्न गर्ने विषयमा छलफल भइरहेको छ ।