
काठमाडौँ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडान गरिएको छ ।
चिकित्सालयको ६४ औँ वार्षिकोत्सवमा महानगरका मेयर विद्यासुन्दर शाक्यले लिफ्टको उद्घाटन गर्नुभएको हो । ४५ लाखको लागतमा निर्माणाधिन लिफ्ट निर्माणमा महानगरले ३० लाख रुपैयाँ सहयोग गरेको थियो ।
उद्घाटनपछि सम्वोधन गर्दै प्रमुख शाक्यले महानगर क्षेत्र भित्रका नागरिकलाई भरपर्दो सेवा दिन यस्ता अस्पतालको बढी महत्व हुने बताउनुभयो । महानगरपालिका निजी क्षेत्रसँग साझेदारी गरेर काम गर्न तयार रहेको उहाँकाे भनाइ छ ।
चिकित्सालयको नयाँ भवन निर्माणका लागि महानगरले चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
३ सय विरामीलाई दैनिक ओपिडीमार्फत स्वास्थ्य सेवा दिइरहेको २५ शय्याको अस्पतालमा लिफ्ट जडानसँगै थप सहज हुने चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठको अपेक्षा छ ।
प्रतिक्रिया दिनुहोस्