८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पौडी खेल्नेक्रममा डुबेर दुई बालिकाको मृत्यु


0
Shares

चितवन, साउन ७ । चितवनको खैरहनी नगरपालिका–३ को लदरीखोलामा पौडी खेल्नेक्रममा दुई बालिकाको डुबेर मृत्यु भएको छ ।

खैरहनी नगरपालिका–३ का रवि विकका छोरीहरू १३ वर्षीया करुणा विक र १० वर्षीया रीया विकको लदरीखोलामा डुबेर मत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो १ बजे पौडी खेल्नेक्रममा खोलामा डुबेर बेहोस भएका उनीहरूको उपचारकाक्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

उनीहरूसँगै पौडी खेल्ने अर्की बालिका काठमाडौं, इमाडोलकी १५ वर्षीया अस्मिता गौतमको भने जीवितै उद्धार गरिएको छ ।

गौतमको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस