
काठमाडौं । नेपाली सेनाले निर्माणको जिम्मा लिएको काठमाडौं–तराइ–मधेस द्रुतमार्गको सुरुङ निर्माणको ठेक्का आह्वान गरेको छ ।
साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ ठेक्का निकालिएको सेनाले जनाएको छ ।
उक्त टेण्डरमा इच्छुक निर्माण कम्पनीले ४५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ । सुरुङमार्ग निर्माण सकिएपछि एक वर्ष डिफेक्ट लायबिलिटी पिरियड (डीएलपी) हुनेछ ।
उक्त अवधिमा बिग्रे–भत्केको मर्मतको जिम्मेवारी निर्माण कम्पनीमा रहने छ ।
यसैबीच सेनाले निकालको यो ठेक्कामा तीन वटा चिनियाँ कम्पनीले मात्रै बोलपत्र भर्न पाउने भएका छन् । बाँकी जुनसुकै कम्पनी पनि यो ठेक्काका लागि अयोग्य हुनेछ ।
यसअघि २०७६ फागुनमा नै प्रीक्वालिफिकेसनका लागि निकालिएको टेण्डरमध्ये पहिलो प्याकेजमा २२ र दोस्रो प्याकेजमा २१ वटा कम्पनीले आवेदन दिएका थिए । ती मध्ये अधिकांश कम्पनी चिनियाँ थिए ।
प्रतिक्रिया दिनुहोस्