१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रसुवामा ७ महिनामा १८ प्रतिशत राजस्व संकलन


0
Shares

रसुवा । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७७/०७८ को ७ महिनामा वार्षिक लक्ष्यको करिब १८ प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।

कार्यालयले चालु आर्थिक वर्षमा ११ अर्ब ३३ करोड ७५ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा माघ मसान्त सम्ममा २ अर्ब ३ करोड ४८ लाख ३२ हजार मात्र राजस्व संकलन गरेको हो ।

कोरोना भाइरसका कारण एक वर्ष अघि देखि रसुवागढी नाका बाट सामग्री आयात नब्बे प्रतिशत घटनुका साथै पटकपटक नाका बन्द हुँनु र निर्यात समेत ठप्प हुँदा राजस्व संकलन प्रभावित बनेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिनुभएको छ ।

बिगतमा दैनिक सयौं कन्टेनर चीनबाट नेपाल सामग्री लिएर आउने गरेकोमा अहिले कोटा प्रणाली अनुसार दश वटा गाडीमा मात्र सामान आउने गरेको छ ।

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलपूmल आयात हुँदै आएको छ ।