१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आईपीएलको अक्सन आज : २ सय ९२ खेलाडी सहभागी, २२ भित्र पर्लान् सन्दीप ?


0
Shares

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको अक्सन बिहीबार हुँदैछ । चेन्नईमा आयोजना हुने अक्सन अपराह्न्न सवा तीन बजे सुरु हुनेछ ।

२ सय ९२ खेलाडी सहभागी हुने अक्सनमा १ सय २५ विदेशी खेलाडी रहेका छन् । अक्सनबाट २२ विदेशीसहित ६१ खेलाडी बिक्नेछन् । यस पटकको अक्सनमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने पनि समावेश छन् ।

नेपालबाट अक्सनका लागि ८ खेलाडीले नाम दर्ता गराएका थिए । तर, अन्तिम छनोटमा सन्दीप मात्र अटाएका हुन् । अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारु रहेको छ ।

लेग स्पिनर सन्दीपले यस अघि तीन सिजन आईपीएल खेलिसकेका छन् । यो सिजन दिल्ली क्यापिटल्सले सन्दीपलाई रिलिज गरेको छ । सन्दीपले दिल्लीबाट तीन सिजनमा कुल ९ खेल खेल्दै १३ विकेट लिएका थिए ।