
काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियू)ले प्रदर्शन गरेको छ ।
विद्यार्थीहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने भन्दै देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो । विद्यार्थीहरुले कालोपट्टी बाँधेर नाराबाजी गरेका थिए ।
काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि विद्यार्थीहरूले टायर बालेर विरोध प्रदर्शन गरेका हुन् । आन्दोलनरत विद्यार्थीहरूले नेपाल आयल निगमले एक सातामै दुईपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् ।
नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै डिजेल ९७ रुपैयाँ, मट्टीतेल ९७ रुपैयाँ र हवाई इन्धन ६७ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्