
काठमाडौं । यातायात व्यवसायीले सार्वजनिक यातायातको भाडा बढाउन माग गरेका छन् ।
इन्धन र सवारीजन्य पार्टपूर्जामा भएको मूल्यवृद्धिलाई कारण देखाएर व्यवसायीले ४० प्रतिशतसम्म भाडा बढाउनुपर्ने माग गरेका हुन् ।
सरकारले एक सातामै दुई पटक पेट्रोलियम पदार्थको मूल्य बढाएपछि यात्रुवाहक तथा मालवाहक सवारीधनीहरूले अहिले भाडादरले व्यवसायमा टिक्न नसकिने बताएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गत माघ २९ गते नै विज्ञप्ति जारी गरेर पटक–पटक तेलको मूल्यमा भएको वृद्धि एकमुष्ट रुपमा फिर्ता लिन माग गरेको थियो ।
महासंघले फागुन ८ गतेसम्म मूल्यवृद्धि फिर्ता नलिए आवश्यक निर्णय लिने गरी अल्टिमेटम समेत दिएको छ । तर, सरकारले यसै हप्ता फेरि तेलको मूल्य बढाएको छ ।
एक हप्तामै लिटरमा ४ रुपैयाँ मूल्यवृद्धि भएपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघले पनि यातायात व्यवस्था विभागसँग भाडा बढाउन माग गरेको छ ।
सरकारले सार्वजनिक सवारीको वैज्ञानिक भाडा समायोजन गर्नुपर्ने व्यवसायीको माग छ । सरकारले २०६५ फागुन २० गतेबाट वैज्ञानिक भाडादर समायोजन सम्बन्धी कार्यविधि जारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्