२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


६ किलो अफिमसहित युवक पक्राउ


0
Shares

दाङ । प्रहरीले ६ किलोभन्दा बढी लागुपदार्थ अफिम सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रोल्पा थवाङ गाउँपालिका–५ का ३८ वर्षीय प्रकाश घर्ती रहेका छन् । घर्तीले बोकेको झोलामा ८ वटा पोका बनाइ राखेको अवस्थामा ६ किलो २३ ग्राम अफिम बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रोल्पाबाट दाङतर्फ अफिम ल्याउँदै गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई घोराही उपमहानगरपालिका–१९ दुईखोलीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले बताउनुभयो ।