१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरु


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । बुधबार केही बेर बसेर स्थगित भएको बैठक केहीबेर अघि पार्टी कार्यालय सानेपमा सुरु भएको हो ।

बैठकमा पार्टीको १४औं महाधिवेशन आगाभी भदौ ७ देखि १० गतेसम्म गर्ने प्रस्तावउपर छलफल हुनेछ । सभापति शेरबहादुर देउवा पक्षले पार्टीको महाधिवेशन भदौमा गर्ने प्रस्ताव राखेपछि पौडेल पक्ष भने साउनमै महाधिवेशन सक्नुपर्ने मनस्थितिमा छ ।

सिटौला समूहले त जेठभित्र महाधिवेशन सक्नेगरी कार्यतालिका बनाउनुपर्ने प्रस्ताव उठाउने तयारीमा छ । यस्तै बैठमा प्रतिनिधिसभा विघटनपटि कांग्रेको अबको रणनीति के भन्ने विषयमा पनि छलफल हुनेछ ।