१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कर्णाली प्रदेश लोकसेवा पदाधिकारीमा भागबन्डाः श्रीमतीलाई समेत बनाए सदस्य


0
Shares

काठमाडौं । कर्णाली प्रदेशको लोकसेवा आयोगमा दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार आयोगका पदाधिकारी नियुक्त गरेका हुन् ।

तीन सदस्यीय आयोग अध्यक्षमा रामप्रसाद उपाध्याय, सदस्यद्वय भक्तबहादुर खड्का र वसन्ती सिंह शाही नियुक्त भएका छन् ।

आयोगमा नियुक्ति भएका तीनैजनालाई बिहीबार नै प्रदेश प्रमुख गोविन्द्रप्रसाद कोलौनीले पद तथा गोपनीयताको शपथ खुवाए ।

आयोग पदाधिकारी नियुक्ति सिफारिस समितिमा मुख्यमन्त्री शाही, प्रदेश सभामुख राजबहादुर शाही र कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही छन् ।

समितिको सिफारिसमा अध्यक्ष र सदस्यहरू नियुक्त गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव एवं प्रवक्ता तुल खड्काले जानकारी दिए ।

खड्का नेकपा ओली समूह र सदस्य सिंह कांग्रेस कोटामा नियुक्त भएका हुन् । अध्यक्षमा उपाध्याय सुर्खेत निवासी हुन् । उनी पूर्वक्षेत्रीय शिक्षा निर्देशक हुन् ।

सिंह कर्णाली प्रदेश प्रतिपक्ष दल कांग्रेसका नेता जीवनबहादुर शाहीकी श्रीमती हुन् । भागबन्डाका आधारमा गठन गरिएको आयोगमा नेता शाहीले आफ्नै श्रीमतीलाई पठाएकोमा आलोचना भएको छ । नयाँ पत्रिका