
काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण गरेको छ ।
अमेरिकी पर्सिभिअरन्स नामको अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिनापछि मंगल ग्रहको सतहमा अवतरण गरेको बीबीसीले जनाएको छ ।
सफल अवतरणसँगै क्यालिफोर्नियास्थित कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकहरूले खुशी मनाएका थिए ।
सन् १९७० पछि मंगल ग्रहमा जीवनको सम्भावना खोज्ने नासाको यो पहिलो प्रयास हो । मंगल ग्रहको सतहमा सुरक्षित अवतरण गर्नुलाई यो मिसनको महत्वपूर्ण सफलता भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
एजेन्सी
प्रतिक्रिया दिनुहोस्