
काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय महिला लिग फुटबल आज सकिँदै छ ।
प्रतियोगिताका अन्तिम दुई खेल आज हुनेछन् । लिगको उपाधि जितिसकेको सशस्त्र प्रहरीको एपिएफले दशरथ रङ्गशालामा त्रिभुवन आर्मी क्लबसँग खेलेपछि यो सिजनका महिला लिग सकिनेछ ।
अहिलेसम्मका सबै ११ खेल जितेको एपिएफ ३३ अंकसहित शीर्ष स्थानमा रहेको छ भने उपविजेता आर्मीको २६ अंक छ ।
आज हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले पुछारमा रहेको चौदण्डीगढी नगरपालिकासँग खेल्नेछ ।
यो खेल जित्दा पुलिस तेस्रो स्थानमा रहेर लिग सकाउन सफल हुनेछ । बराबरी वा हारले पुलिस पाँचौं स्थानमा रहनेछ ।
हिजो भएको खेलमा चन्द्रपुर नगरपालिकालाई ३÷० ले हराउको स्याङ्जाको वालिङ नगरपालिका १७ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
राष्ट्रिय महिला लिग फुटबलमा यसपटक तिन विभागिय टोलीहरु आर्मी, पुलिस र सशष्त्रसँगै स्याङ्जाको वालिङ नगरपालिका, मोरङको विराटनगर महानगरपालिका, रौतहटको चन्द्रपुर नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपाकिाल सहभागि थिए ।
प्रतिक्रिया दिनुहोस्