
एजेन्सी । चीनले भारतको गलवानमा गत वर्ष भएको झडपमा आफ्ना चार जना सैनिकको मृत्यु भएको बताएको छ ।
चीनले गत वर्षको जुनमा गलवानमा भएको चिनियाँ र भारतीय सैनिकबीचको झडपमा आफ्ना चार सैनिकको मृत्यु भएको बताएको हो ।
उक्त झडपमा भारतका २० सैनिक मारिएका थिए । ग्लोबल टाइम्सका अनुसार चीनको केन्द्रीयस सैनिक आयोगले काराकोरम पर्वतमा ड्युटीमा रहेका पाँच चिनियाँ सैनिकको बलिदानीको सम्झना गरेको छ ।
उक्त झडपमा पीएलए शिनजियांग मिलिट्री कमाण्डका क्यूई फबाओ, चेन होंगुन, जियानगँन्ग, जिओ सियुआन र वांग ज़ुओरन गरी चारको मृतयु भएको हो ।
एक जनाको उद्धारको क्रममा खोलामा बगेर मृत्यु भएको थियो । चीनले गलवानमा भएको झडपमा आफ्ना निकै कम सैनिक मारिएको बतएको छ ।
नाँर्दन कमाण्डका प्रमुख लेफ्टिनेंट जनरल वाईके जोशीका अनुसार चीनले ५० भन्दा बढी आफ्ना घाइते सैनिकलाई विमानबाट उद्धार गरेको हो ।
यस घटनामा अझ धेरै सैनिक मारिएको आशंका गरिएको छ तर उद्धार गरिएकाको अवस्था के छ चीनले बताएको छैन् ।
प्रतिक्रिया दिनुहोस्