१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आर्थिक पुर्नरूत्थानतर्फ ध्यान केन्द्रीत गर्न पूर्व प्रशासकहरुको सुझाव


0
Shares

काठमाडौं । कोभिड महामारीबाट अप्ठ्यारो स्थितिमा पुगेको अर्थतन्त्रलाई पुर्नरूत्थानका लागि आगामी आर्थिक वर्षको बजेट केन्द्रित गर्न पूर्व अर्थ सचिवहरुले सुझाव दिएका छन् ।

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८ / ८९ को बजेट तयारी सम्बन्धमा पूर्व अर्थ सचिवहरुसँग गरेको छलफलका क्रममा उनीहरुले यस्तो सुझाव दिएका हुन ।

छलफलमा पूर्व सचिवहरुले स्वास्थ्य क्षेत्रको पूर्वाधार विस्तार एवं क्षमता विकासलाई पनि विशेष जोड दिँदै बजेट निर्माण गर्दा आर्थिक परिसूचकहरु र विभिन्न प्राविधिक विषयहरुको अतिरिक्त अर्थराजनीतिलाई समेत ध्यान दिन उपयुक्त हुने सुझाव दिएका थिए ।

उनीहरुले व्यवसायिक वातावरण निर्माण र नीतिगत एवं कानूनी सुधारतर्फ जोड दिँदै आर्थिक परिदृश्य निर्माण गरेर नीति तथा कार्यक्रमको मस्यौदा निर्माण गरी बजेट तर्जुमाको समयको स्थिति मुल्यांकन गरेर मात्र बजेट तर्जुमा गर्न उपयुक्त हुने सुझाएका छन् ।

कोभिडपछिको अवस्थामा कार्यक्रम तथा आयोजनाको प्राथमिकीकरण गरी सुधारसहितको बजेट र खर्च प्रणालीलाई बढाउन उनीहरुले सुझाव दिएका छन् ।