
राकेश बस्नेत
दाङ । टाढाबाट हेर्दा शिवलिङ्ग जस्तो देखिने दाङको तुलसिपुर उपमहानगरपालिका ड्वाङपुरमा रहेको ढुंगा हेर्नेको भीड लाग्ने गरेको छ । कतिपयले शिवलिङ्ग मानेर हात्तीढुंगाको पुजा पनि गर्ने गरेका छन् । प्रचार प्रसार गर्न सके अन्तरिक र बाह्य पर्यटनको आकर्षक गन्तव्य बन्न सक्ने स्थानीयले बताउँदै आएका छन् ।
कसैले यसलाई हात्तीढुंगा भन्छन भने कसैले यसलाई भगवानको अवतारको रुपमा पनि मान्ने गरेका छन् । कतिपयलाई लाग्न सक्छ यो एउटा काल्पनिक दृष्य हो । तर त्यसो नभई यो दाङको तुलसिपुर उपमहानगरपालिका ड्वाङपुर भन्ने ठाँउमा रहेको हात्ति ढुङगा हो ।
स्थानीयबासीन्दाले यसलाई हात्ति ढुङगा र भगवानको प्रतिकको रुपमा पनि मान्छन् । प्राकृतिक बनोट संगै यसमा एउटा धार्मिक कथन पनि जोडिएको छ । परापुर्वकालमा पाँच पाण्डवहरु यहाँ आएर एक रात बास बसेको भन्ने किङबदन्ति रहेको हात्तिढुङ्गा संरक्षण समितिका अध्यक्ष बलबहादुर बिकको भनाई छ । जसले गर्दा पनि यस हात्ति ढुङगाको धार्मिक साँस्कृति महत्व रहेको छ । सयौँ वर्ष अघिदेखि यस्तै देखिन्थ्यो भन्ने हाम्रो बाजेहरुले पनि भन्दै आएको उहाँको भनाई छ।
प्राकृतिक आकर्षणको यो स्थानको बारेमा धेरैलाई पत्तो नभएपनि यसले बिस्तारै चर्चा पाउन थालेको छ । झण्डै ५० / ६० बर्ष पहिले देखिनै यहाँको दृष्य जस्ताको तस्तै छ । पहिलेको तुलनामा अहिले वरीपरीको दृष्य परीवर्तन भएको छ भने यो बिचमा रहेको ठुलो ढुङगाको संरचना भने फेरीएको छैन । यहाँ आउने पर्यटकले यो एउटा माटोको ढिस्कोमा कसरी यत्रो ढुङगा अडिएको छ भन्ने कुरालाई दैबी शक्तिको रुपमा चित्रण गर्ने गरेकाछन् ।
यो स्थानको अवलोकन गर्न बिभिन्न जिल्लाबाट आन्तरीक पर्यटकहरु आउने गरेकाछन् । तर, त्यहाँ सम्म पुग्नका लागि सडक राम्रो नहुदाँ पर्यटकहरुले सास्ती भोग्दै आएपनि सडक मर्मत तथा खानेपानीको व्यवस्थापन भएपछि यहाँ पुग्न केहि सहज भएको किवानिज क्लब अफ राप्तीका अध्यक्ष बिमलकुमार पोखरेलले बताउनुभयो । यहाँ हेर्न आएपछि मोटरसाईकल आउने बाटो समेत नभएको देख्दा साह्रै मन रोएको पोख्रेलले बताउनुभयो । प्रकृतिले दिएको यस्तो चिजलाई पनि किन संरक्षण गर्न नसकेको भन्दै दुखेसो पोख्नुभयो ।
पर्यटकीय गन्तब्य बन्र्दै गएको यो हात्ती ढुंगाको संरक्षण गर्न स्थानीय निकायलेसमेत अहिले चासो दिन थालेपछि यसको महत्व झनै बढ्दै गएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर चौधका अध्यक्ष परशुराम चौधरीले यसको विकासकालागि काम भई रहेको जानकारी दिनुभयो । यसलाई व्यस्थित गर्नको लागि व्यवस्थापन समिति गठन गरेको चौधरीले बताउनुभयो । यसको संरक्षण तथा विकासका लागि महानगरपालिका र गाउँपालिकासँग सहकार्य गरेको उहाँले बताउनुभयो ।
यता महानगरपालिकाकै कार्यपालिका सदस्य जानका रेग्मीले पनि यसलाई पर्यटकीय हव बनाउन सके यसले नेपालको मात्र नभई छिमेकी मुलुकको भक्तजनको समेत धार्मिक केन्द्र बन्ने बिश्वास व्यक्त गर्नुभयो । भरपर्दो बजेट अभावका कारण यसका विकास हुन नसकेको भन्ने कुरा पनि बुझ्नुपर्ने उहाँको बुझाई छ । यस क्षेत्रका् विकासका लागि उहाँले सबैसँग आह्वान समेत गर्नुभयो । प्राकृतिक रुपमा भरीपुर्ण यो ठाँउलाई संरक्षण सँगसँगै प्रचार प्रसार गर्न सके यो ठाँउलाई पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न सकीने थियो । त्यसैले यसको बिकाशका लागि स्थानिय सरकार र सरोकार निकायले ध्यान दिन आबश्यक देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्