१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इरानसँग वार्ता गर्न अमेरिकाको प्रस्ताव : प्रतिवन्द फुकुवा गर्नुपर्ने इरानको शर्त


0
Shares

काठमाडौं । संयुक्त राज्य अमेरिकाले आणविक सम्झौताका लागि पुन वार्ता गर्न इरानसँग आग्रह गरेको छ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्णय उल्टाउँदै नयाँ ढंगबाट आणविक वार्ताका लागि इरानसँग आग्रह गरेको हो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लीन्केनले युरोपेली साझेदारहरुसँगको छलफलमा नयाँ ढंगबाट आणविक सम्झौताका लागि तेहरानसँग वार्ता गर्न तयार रहेको बताउनु भएको हो ।

हालसम्म परमाणु सम्झौतामा तेहरानसँग प्रत्यक्ष सम्बन्धका लागि राष्ट्रपति जो बाइडेन प्रशासनले सार्वजनिक गरेको सबैभन्दा ठोष कदम भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले दावी गरेका छन् ।

यद्धपी इरानकी विदेशमन्त्रालयका प्रवक्ता सईद खतिबजादेले अमेरिकाको प्रस्तावमा तत्कालै विस्वास गर्ने वातावरण नभएको प्रतिक्रिया दिनुभएको छ । इरानले यसअघि आफूमथि लगाइएका प्रतिवन्धहरु हटाएपछि मात्र वार्ताका लागि विस्वासको वातारण बन्ने प्रतिक्रिया दिएको छ ।

इरानले अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी आईएईएले आफ्नो यसअघि भएका सम्झौताको पालना नभए आफूहरु वार्ताका लागि तयार नहुने चेतावनीसमेत दिएको छ ।
एजेन्सी