२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


रोटरी भोकेशनल सुशासन अवार्ड पत्रकार शिवाकोटी र रिजाललाई


0
Shares

काठमाडौं । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘रोटरी जर्नो अवार्ड’ पत्रकारिता पुरस्कार रोटरी वर्ष २०१९–२० का लागि १३ जना पत्रकारलाई प्रदान गरेको छ ।

काठमाडौंमा हिजो भएको कार्यक्रममा सातै प्रदेशका एक एक जना गरी ७ जना उत्कृष्ट र शिक्षा, स्वास्थ्य, आर्थिक, वातावरण तथा महिला बालबालिका लगायत ६ विधामा निरन्तर कलम चलाउने ६ पत्रकारलाई जनही २५ हजार राशीको उक्त पुरस्कार प्रदान गरिएको हो ।

यस्तै रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले बसु रोटरी भोकेशनल सुशासन अवार्ड हाम्राकुरा डटकमका सम्पादक अजयबाबु शिवाकोटी र आर्थिक दैनिकका सम्पादक प्रल्हाद रिजाललाई प्रदान गरिएको छ ।

शिवाकोटी र रिजाललाई रोटरी वर्ष २०१९–२० अवसर पारेर पाँच लाख रुपैयाँ राशी नगदसहित अवार्ड प्रदान गरिएको हो । प्रत्येक वर्ष एक जनालाई प्रदान गरिने एकमुष्ट दश लाख रुपैयाँ राशीको उक्त अवार्ड रोटरी वर्ष २०१९–२० मा दुई पत्रकारलाई प्रदान गरिएको हो ।

रोटरी इन्टरनेशनलका अध्यक्ष शेखर मेहता, ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनलगायतले पुरस्कार राशी र सम्मान पत्र हस्तान्तरण गर्नु भएको हो । विधागत रुपमा आर्थिक विधाबाट ईकागज डटकमका पुष्पराज आचार्य, वातावरणबाट अन्नपूर्ण पोष्टका टिका बन्धन, शिक्षातर्फबाट न्यूज कारोबार डटकमका दिपेन्द्रप्रसाद सिंह, स्वास्थ्यतर्फ रेडियो सगरमाथाकी सम्झना महर्जन, नेपाल टेलिभिजनकी विनिता रिजाललाई अवार्ड प्रदान गरिएको हो।

त्यस्तैगरी प्रदेश नम्बर १ बाट विनु तिमल्सिना, प्रदेश २ का श्याम बन्जरा, बाग्मती प्रदेशकी कमला हमाल, गण्डकीबाट दीपेन्द्र श्रेष्ठ, लुम्बिनीबाट लक्ष्मी आचार्य, कर्णालीबाट भीमबहादुर सिंह र सुदुरपश्चिमबाट उन्नति सिंहलाई अवार्ड प्रदान गरियो । त्यस्तैगरी रोटरी गतिविधि प्रवद्र्धन गरेवापत दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठले अवार्ड हस्तान्तरण गर्नु भएको थियो ।