
तेह्रथुम । बिहीबारदेखि लगातार पानी परेपछि तेह्रथुमको तिनजुरे मिल्के जलजले क्षेत्रमा हिउँ खेल्नेको भिड लागेको छ ।
जिल्लामा वर्षकै पहिलो पटक हिउँ परेको हो । पुर्वी तराईका विभिन्न जिल्लाहरूबाट हिउँ खेल्न आन्तरिक पर्यटकहरू आएका छन् । गुफापोखरी, चौकी, मंगलबारेलगायतका स्थान हिउँले ढाकेको छ ।
यस वर्ष हिउँ पर्ने समय बित्न लागे पनि रमाइलो भएको पर्यटकहरू बताएका छन् । यता, हिउँ परेसँगै चिसो बढेपछि स्थानीयहरू समस्यामा परेका छन् । बालबालिका तथा ज्येष्ठ नागरिक अझ बढी प्रभावित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्