१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्रीले महत्त्वपूर्ण घोषणा गर्नुहुँदैछ– सुवास नेम्वाङ


0
Shares

काठमाडौं । ओली समूहको नेकपाका स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्रीले महत्त्वपूर्ण घोषणा गर्ने बताउनुभएको छ ।

शनिबार विराटनगरमा जारी आमसभालाई सम्बोधन गर्दै नेता नेम्वाङले प्रधानमन्त्रीले महत्त्वपूर्ण घोषणा गर्ने बताउनुभयो । उहाँले त्यो घोषणको बारेमा भने आफूलाई पनि थाहा नभएको बताउनुयो ।

यसअघि शनिबार बिहानै प्रधानमन्त्री ओलीको विश्वासपात्र एवं पूर्वमन्त्री गोकुप्रसाद बाँस्कोटाले पनि आज पक्कै नयाँ हुन्छ भन्दै ट्वीट गर्नुभएको थियो ।

नेता नेम्वाङले नेपाली जनताले निर्वाचन चाहेको बताउँदै जनताले निर्वाचन हुने फैसला सुनाइसकेकाले सर्वोच्च अदालतले सुनाउन बाँकी रहेको बताउनुभयो । उहाँले सर्वोच्च अदालतले फागुन १५ गतेभित्र फैसला आउने बताउनुभएको छ ।