
काठमाडौं । ओली समूहको नेकपाका स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले निर्वाचनको माहोल सुरु भइसकेको बताउनुभयो ।
शनिबार विराटनगरमा जारी आमसभालाई सम्बोधन गर्दै नेता नेम्वाङले दाहाल–नेपाल पक्षका नेकपालाई पनि निर्वाचनको तयारीमा लाग्न आग्रह गर्नुभएको छ । ‘ढिलो होला बरु तपाईंहरु पनि चुनावमा लागिहाल्नुस्’, उहाँले भन्नुभयो ।
उहाँले दुईतिहाई बहुमतको सरकारले पेश गरेको प्रस्ताव संसदमा प्रस्तुत नभएका कारण प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको जिकिर गर्नुभयो । नागरिकता विधेयक, एमसीसी, सत्य निरुपण तथा बेपत्तासम्बन्धी विधेयक लगायतका विधेयकहरू संसदमा प्रस्तुत नभएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्