१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लघु उद्योगलाई पुनकर्जा पाउनै मुस्किल


0
Shares

काठमाडौं । कोभिडका कारण मुलुकमा १० प्रतिशत उद्योग पूर्ण रूपमा बन्द भएका छन् भने ७५ प्रतिशत भन्दा बढी लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग मन्त्रालयले जनाएको छ ।

कोभिडका कारण लामो समयसम्म बन्द भई आम्दानीको स्रोत खुम्चँदा उद्योगहरु बन्द हुने अवस्थामा पुगेका हुन् । कोभिडका कारण प्रभावित उद्योगलाई मध्यनजर गर्दै सरकारले उद्योग पुनः सञ्चालनका लागि मौद्रिक नीतिमै पुर्नकर्जा र व्यवसाय निरन्तरता कर्जा ल्याएको थियो ।

सरकारले नीति ल्याएको भए पनि उद्योगले कर्जा पाउन नसकेको गुनासो गरेका छन् । जसका कारण उद्योग सञ्चालनमा आउन सकेका छैनन् । मौद्रिक नीतिले सम्बोधन गर्दा उत्साहित देखिएको निजी क्षेत्र कार्यान्वयनमा नआउँदा चिन्तित देखिएका छन् ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल उद्योग पुर्नउत्थानका राहतका ढिलाइ हुँदा व्यवसाय सञ्चालनमा समस्या आएको बताउनुहुन्छ ।

उद्योगी व्यवसाय पुर्नउत्थानका लागि सरकारले ल्याएको कर्जा कार्यान्वयनमा आउन नसक्दा उद्योग तथा व्यवसाय सञ्चालनमा समस्या आएको गुनासो बढेको छ ।

उद्योग व्यवसाय पूर्ण सञ्चालनको लागि सरकारले ब्याजदरमा विशेष छुट दिनुपर्ने, सहुलियत दरमा ऋण उपलब्ध गराइनुपर्ने, उत्पादनका आधारमा विद्युतको डिमाण्ड शुल्क निर्धारण गर्नुपर्ने लगायतका माग उनीरुहले राख्दै आएका छन् ।