
एजेन्सी । जापानी खेलाडी नाओमी ओसाकाले अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि जितेकी छन् ।
मेलबर्नमा शनिबार भएको फाइनलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई पराजित गर्दै ओसाका च्याम्पियन बन्न सफल भएकी हुन् । उपाधि जित्ने क्रममा तेस्रो वरीयताकी ओसाकाले २२औं वरीयता प्राप्त ब्राडीलाई ६–४ र ६–३ को सेटमा पराजित गरिन् ।
यससँगै ओसाकाले दोस्रो पटक अष्ट्रेलियन ओपनको उपाधि जित्न सफल भएकी छन् । यसअघि ओसाकाले सन् २०१९ मा उपाधि जितेकी थिइन् । ओसाकाको यो चौंथो ग्राण्डस्लाम उपाधि हो ।
यस्तै पुरुषतर्फको उपाधिका लागि नोभाक जोकोभिच र डानिल मेदभेदेबबीच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फको उपाधि भिडन्त आइतबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्