
कैलाली । नेपाल र भारतका व्यवसायीहरूले सीमानाका सहज रूपमा खोल्न संयुक्त रूपमा दुवै देशका सरकारसँग माग गरेका छन् ।
कैलालीको सिमावर्ती बजार गौरीफन्टामा बसेको बैठकमा दुवै देशका व्यवसायीहरूले नाका खोल्न सरकारसँग माग गरेका हुन् । उनीहरूले नाका बन्द हुँदा सिमाक्षेत्रमा व्यापार गर्ने व्यापारी र सर्वसाधारणलाई समस्या भएको भन्दै सहज बनाउन माग गरेका हुन् ।
घोषित रूपमा नाका नखुल्दा तस्करी, कालोबजारी गर्नेहरूलाई फाइदा भएकाले तत्काल नाका खोल्नु पर्ने कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्प कुँवरले बताउनुभयो । पर्यटन, होटल तथा यातायात व्यवसाय धरासायी बनेकाले नाका सञ्चालनमा ढिलाइ गर्न नहुने व्यवसायीहरूको माग छ ।
भारतले नेपाली नागरिकका लागि आवतजावत सहज बनाए पनि नेपालले सहज नबनाउँदा समस्या भएको भारतीय व्यापारी रवि गुप्ताको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्