
काठमाडौं । पौडीकी गौरिका सिंह र करातेका मन्डेकाजी श्रेष्ठले ‘एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी’ अवार्ड जितेका छन् ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले शनिबार आयोजना गरेको एनएनआईपीए स्पोर्ट्स अवार्डमा महिलातर्फ गौरिका र पुरुषतर्फ मन्देकाजी सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गर्ने २६ खेलाडीमध्येबाट गौरिका र मन्डेकाजी सर्वोत्कृष्ट ठहरिए ।
सर्वोकृष्ट चुनिएसँगै गौरिका र मन्दकाजीले समान १–१ लाख रुपैयाँ प्राप्त गरेका छन् । यस्तै यस पटक थप गरिएको राइजिङ प्लेयर अफ दि इयर अवार्ड पुरुषमा गल्फका सुवास तामाङ र महिलामा कुस्तीकी संगीता धामीले हात पारे । दुवैले जनही ५०–५० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतिभावान खेलाडीको अवार्ड पुरुषमा फुटबलका सुजल श्रेष्ठ र महिलातर्फ तेक्वान्दोकी आयशा शाक्यले हात पारे । उनीहरूले पनि जनही ५०–५० प्राप्त गरे । उत्कृष्ट खेलाडी अवार्ड पाउने २६ खेलका प्रत्येक खेलाडीले जनही १०–१० हजार रुपैयाँ नगद प्राप्त गरे ।
प्रतिक्रिया दिनुहोस्