
काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले रियाल भालाडोलिडलाई १–० ले हराएको छ । भालाडोलिडको मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन ब्राजिलियन खेलाडी कासेमिरोले निर्णायक गोल गरे ।
जितसँगै रियाल मड्रिडले शिर्ष स्थानको एथ्लेटिको मड्रिडमाथि दबाब बढाएको छ । स्पेनिस लिगमा २३ खेलबाट एथ्लेटिकोले ५५ अंक जोडेको छ भने एक खेल बढी खेलेको रियाल मड्रिडको ५२ अंक छ ।
गएराति भएको खेलमा एथ्लेटिकोलाई लेभान्तेले २–० ले पराजित गर्यो । ला लिगाकै अन्य खेलहरुमा भ्यालेन्सियाले सेल्टा भिगोलाई २–० ले हराउँदा एल्चेले आइबारमाथि १–० को जित निकाल्यो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्