
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा बर्ड फ्लु रोग देखिएको छ । कुखुरामा बर्ड फ्लु पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश र स्थानीय तहबाट जनशक्ति परिचालन गरिएको जनाइएको छ ।
पशु सेवा विभाग, कर्णाली प्रदेश, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय तथा अन्तर्गतका निकाय र वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा रोग देखिएका क्षेत्रमा रहेका सबै घरपालुवा पंक्षी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको छ । यसअघि काठमाडौँको तारकेश्वर नगरपालिकामा पालिकामा बर्ड फ्लु देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्