१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्वास्थ्योपचारका लागि भट्टराई दिल्ली जाँदै


0
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई नयाँ दिल्ली जाँदै हुनुहुन्छ ।

स्वास्थ्योपचारका लागि भट्टराई आइतबार नेपाल वायु सेवा निगमको जहाजबाट नयाँ दिल्ली जान लाग्नुभएको हो ।

उहाँको सचिवालयले जनाएअनुसार पेटमा समस्या देखिएपछि भट्टराई लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा उपचार गराइरहनु भएको थियो । चिकित्सकहरुले न्युरो -इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेकाले उहाँ त्यसको उपचारका लागि दिल्ली जान लाग्नु भएको हो ।

भट्टराईको उपचार ‘इन्स्टिच्युट अफ लिभर बिलिअरी साइन्सेस’मा हुनेछ । उपचारमा रहँदा भट्टराई त्यहाँको नेपाली दूतावासमा बस्नु हुनेछ । उपचारका क्रममा उहाँकी पत्नी हिसिला यमी पनि साथै जाने कार्यक्रम छ ।