७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


लालपूर्जाको लोभमा सालको रुख कटान, सरकारी निकाय बेखबर


0
Shares

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका कटकुँइयास्थित गुह्य डाँडामा लालपुर्जा पाउने लालचमा सयौँ सालको रुख काटिएको छ ।

भूमीहिन स्थानीयले आफुले भोगचलन गर्दै आएको भन्ने प्रमाणित गर्न पर्ति जग्गाका रुखहरु काटेका हुन् । सरकारले सुकुम्बासी, भुमीहिन, अव्यवस्थित बसोबासको गरिरहेकाको विवरण संकलन गर्न सुरु गरेपछि उनीहरुले रुख काट्न थालेका हुन् ।

स्थानीय महालक्ष्मी सामुदायिक वनका अध्यक्ष ताराप्रसाद देवकोटाले भने रुख कसले काटेको हो भन्ने थाहा नभएका र रुख काटेको देखिपछि वन कार्यालयलाई जानकारी गराएकोे बताउनुभयो ।