१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नाइजरमा बम विस्फोट, निर्वाचन आयोगका सात जनाको मृत्यु


0
Shares

एजेन्सी । नाइजरमा भएको कार बम विस्फोटमा परी निर्वाचन आयोगका सात जना सदस्यको मृत्यु भएको छ ।

राष्ट्रपतिय निर्वाचनको अनुगमनमा खटिएका निर्वाचन अधिकारीको बिस्फोटमा मृत्यु भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

निर्वाचन सामग्री विभिन्न मतदान केन्द्रमा लैजाने क्रममा विद्रोहीहरुले गराएको विस्फोटमा तीन व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

निर्वाचनको पूर्वसन्ध्यामा भएको विस्फोटका कारण मतदानको सुरक्षामा चुनौती थपिएको छ ।

अलकायदाको नजिक रहेका सशस्त्र समूहको पकड रहेको सो क्षेत्रमा नियमित रुपमा विस्फोटका घटनाहरु भइरहेका छन् ।

सो क्षेत्र आफ्नो नियन्त्रणमा रहेकाले अन्य क्षेत्रमा पनि आफ्नो कारवाही जारी रहने सो समूहले जनाएको छ ।

निर्वाचनका लागि हजारौ सेना देशव्यापी रुपमा खटाइएको सरकारी अधिकारीहरुले दावी गरेका छन् । उनीहरुले मतदानमा सहभागी हुन पनि आम नागरिकलाई आह्वान गरेका छन् ।