२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


म्यान्चेस्टर सिटीद्धारा आर्सनल १–० ले पराजित


0
Shares

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यान्चेस्टर सिटीले आर्सनललाई १–० ले हराएको छ ।

गएराति आर्सनलको मैदानमा भएको खेलमा म्यान सिटीलाई विजयी गराउन राहिम स्टर्लीङले दोस्रो मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

जितसँगै म्यान्चेस्टर सिटीले प्रिमियर लिगका २५ खेलबाट ५९ अंक जोड्दा समान खेलबाट ४९ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा रहेको छ ।

म्यान्चेस्टर युनाईटेडले गएराति न्युकासल युनाईटेडमाथि ३–१ को जित निकाल्यो ।

खेलमा म्यानयूलाई विजयी गराउन मार्कस रास्फोर्ड, ड्यानिएल जेम्स र ब्रुनो फर्नान्डेजले एक एक गोल गरे ।

प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरलाई २–१ ले हराउँदै वेष्ट ह्याम युनाईटेड अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

यसैगरी एस्टन भिल्लालाई २–१ ले हराएको लेष्टर सिटी तेस्रो स्थानमा रहेको छ ।