
काठमाडौ । सुर्खेतमा वर्डफ्लु भेटिएपछि बाँके जिल्ला रोगको उच्च जोखिममा रहेको छ । सुर्खेतको वीरेन्द्रनगरमा स्थानीयले पालेका कुखुरामा बर्डफ्लु भेटिएपछि भारतीय सीमानासँग जोडिएको बाँके जिल्ला उक्त रोगको उच्च जोखिममा रहेको हो ।
भारतका विभिन्न राज्यमा बर्डफ्लु फैलिएको र पन्क्षीजन्य वस्तुहको आयातमा प्रतिबन्ध लगाइएपनि अवैध आयात नरोकिँदा जिल्लामा जोखिम बढेको हो ।
कर्णालीका विभिन्न जिल्लामा बाँकेको नेपालगञ्ज र कोहलपुर भएर नै कुखुरा लैजाँदै आइएको थियो ।
काठमाण्डौपछि सुर्खेतमा समेत बर्डफ्लु भेटिएपछि सीमाना लगायत कुखुरा व्यवसायमाथिनै कडा निगरानी सुरु गरिएको जिल्ला प्रसाशन कार्यालय बाँकेले जनाएको छ ।
स्थानीय प्रशासन र प्रहरीले सीमानामा कडाई गरिएको जतिसुकै दावी गरेपनि भारतबाट अवैध रुपमा कुखुरा भित्रिने क्रम जारी नै रहेको बाँकेका कुखुरा व्यवसायीहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्