
सिन्धुली । दुधौली नगरपालिकामा जंगली हात्तीले स्थानीयका चारवटा घर भत्काइदिएको छ ।
दुधौली नगरपालिका–६ दमनडाँडामा जित बहादुर माझी, दिर्गा बहादुर बुढाथोकी, रुद्रबहादुर कार्की र रामप्रसाद बरालका घरहरू ३ वटा जंगली हात्तीले भत्काइदिएको हो ।
जिल्लाको कमलाखोच क्षेत्रमा जंंगली हात्तीले स्थानीयहरूको घर भत्काउनुका साथै धान, मकै र केरा मेवा, आँप लगायतका अन्नवाली तथा फलफूलहरूमा क्षति पुगेको छ ।
लामो समय देखि कमलाखोचस्थित चुरे वन क्षेत्रमा वासस्थान बनाइरहेका जंगली हातीलाई सम्बन्धित निकायले दिगो रूपमा व्यवस्थापन गर्न नसक्दा स्थानीय पीडित बन्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्