१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


३२ वर्षदेखि घाटामा रहेको प्राधिकरण ४० अर्ब नाफामा गयो– कुलमान घिसिङ


0
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा ३२ वर्षसम्म घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याउन सकेको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा विद्यार्थीहरूमाझ भएको एक कार्यक्रममा बोल्दै घिसिङले लोडसेडिङ अन्त्यसँगै ३२ वर्षसम्म घाटामा रहेको प्राधिकरणलाई झण्डै ४० अर्ब नाफामा ल्याएको बताउनुभयो ।

पूर्वकार्यकारी निर्देशक घिसिङले अब हरेक व्यक्ति आत्मनिर्भर हुनुपर्नेमा जोड दिँदै सबैले आफ्नो जिम्मेवारी मात्रै इमान्दारीपूर्वक पूरा गरे पनि देश सुन्दर हुने बताउनुभयो ।

एक कार्यक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अहिले चलिरहेको नेपाली राजनीतिले देशको जिम्मेवारीको भारी बोक्न नसक्ने भन्दै राजनीति बदलिनुपर्ने बताउनुभयो । उहाँले चन्द्र सूर्य अंकित नेपालको राष्ट्रिय झण्डा राजनीतिक दलहरूको झण्डा भन्दा बलियो बन्नुपर्ने धारणा राख्नुभयो ।

आजका युगका विद्यार्थीहरूले डाक्टर, इन्जिनियर बन्छु भनेर मात्रै होइन बदलिएको नेपालको नागरिक बन्न र आफ्नो कारणले कसैलाई कुनै असर नपर्ने बन्ने चाहना राख्नुपर्ने उहाँको भनाइ छ ।