
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक बालुवाटारमा सुरु भएको छ । सिंहदरबारस्थित परिषद्को कार्यालयमा बिहान नौ बजे डाकिएको बैठक अबेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।
राष्ट्रिय सुरक्षा परिषद्को बैठक खास अवस्थामा बस्छ । खासगरी राष्ट्रिय विपत् र सुरक्षामा खतरा पैदा भएका वेला सेना परिचालनसम्बन्धी निर्णय गर्न परिषद्को बैठक बस्छ । देशको सुरक्षा अवस्थाबारे छलफल गर्न पनि आवश्यकताअनुसार बैठक बस्ने चलन छ ।
परिषद्का सदस्यसचिव तथा रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले भने मंगलबारको बैठक नियमित भएको प्रतिक्रिया दिनु भयो ।
सुरक्षा परिषद्को प्रमुखमा प्रधानमन्त्री रहने व्यवस्था छ । सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ । परिषद्को सदस्यसचिव भने रक्षाका सचिव हुन्छन् ।
प्रतिक्रिया दिनुहोस्