
बागलुङ । गाउँ गाउँमा स्वास्थ्य सेवाको पहुँच बढेसँगै बागलुङमा सुरक्षित गर्भपतन गराउने महिलाहरुको संख्या पनि बढ्दै गएको छ ।
चालू आर्थिक वर्षको हालसम्म ९९ जना महिलाले सुरक्षित गर्भपतन गराएका छन् । २० देखि ४० वर्ष उमेर समुहका महिलाहरुले गर्भपतन गराउने गरेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाकटर मिलन मल्लले जानकारी दिनुभयो ।
धौलागिरि अस्पताल बागलुङ, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रसँगै जिल्लाका थप १० स्वास्थ्य संस्थाले सुरक्षित गर्भपत सेवा प्रद्धान गर्ने अनुमति पाएपछि गर्भपतन गराउनेको संख्या बढेको हो ।
तर यतिबेला धौलागिरि अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र अन्य तीन वटा स्वास्थ्य केन्द्रले मात्र यो सेवा प्रदान गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्