
काठमाडौं । सुरक्षा परिषद् बैठक लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसेको छ । बैठक अहिले जारी रहेको छ ।
बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय गर्न सक्ने सम्भावना रहेको छ ।
बैठकले प्रतिबन्ध फुकुवाको निर्णय गरेर विप्लव नेकपालाई औपचारिक रूपमा वार्ताको लागि आह्वान गर्ने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिनुभयो ।
सरकारले वार्ताको वातावरण बनाए आफूहरु संवादका लागि तयार रहेको भन्दै विप्लब नेकपाले शनिबार मात्रै विज्ञप्ती जारी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्